सेयर

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकम २ अर्ब १२ करोड

इकागज |
भदौ ३०, २०७९ बिहीबार १५:२० बजे

फाइल फोटो

काठमाडौँ- बिहीबार सेयर बजार परिसूचक उल्लेख्य गिरावट देखिएको छ । पाँचौ दिनको कारोबारमा सेयर बजार परिसूचक ५७ अंकले ओरालो लागेको हो। साताको तेश्रो र चौथो दिन सुधार देखिएको बजार परिसूचक पाँचौ कारोबारमा  पुन: घटेको छ।

साताको सुरुवातमा ११.४७ तथा दोश्रो कारोबारमा १३.५९ घटेको बजार मंगलबार र बुधबार क्रमश: २१.३० तथा ४७.४६ अंकले बढेको थियो। ५७ अंकले बजार घट्दा समग्र बजार परिसूचक १९२४.४८ अंकमा झरेको छ। ‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक ११.२३ अंकले घट्दा ३७४.१३ मा कायम छ।


बजार घटेपनि कारोबार रकम भने बढेको छ। साताको सुरुवातबाटै १ करोड तल रहेको कारोबार रकम बुधबार १ अर्ब ४५ करोड तथा बिहीबार २ अर्ब १२ करोड भएको छ।

बिहीबार ६९ लाख ४० हजार ५ सय ९६ कित्ता सेयर २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७ सय ८७ रुपैयाँको कारोबार भएको छ। जुन ३५ हजार ५ सय ३७ पटकमा किनबेच भएको थियो।

यस्तै उप समूहतर्फ १३ ओटै समूह राताम्मे देखिएका छन। सबैभन्दा बढी फाइनान्स समूहको सेयर मूल्य घटेको छ।

घट्दो बजारमा पनि २ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ८६ कम्पनीको सेयर मूल्य घटेको छ।

५७ अंकले बजार घट्दा सिटिजन म्युचुअल फण्ड, मिरमिरे माइक्रो फाइनान्स, एसबिएल डिबेन्चर, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ, सनराइज ब्लुचिप फण्ड लगायतका कम्पनीको सेयर उच्च कमाउनेमा परेका छन् ।


Author

थप समाचार
x