सेयर

दसैंपछिको पहिलो कारोबारमा नेप्से ४५ अंकले बढ्यो, कारोबार रकम ८३ करोड

इकागज |
असोज २३, २०७९ आइतबार १५:९ बजे

फाइल फोटो

काठमाडौँ- दसैं बिदा पछिको पहिलो कारोबारमा सेयर बजार परिसूचकमा सुधार देखिएको छ । गत असोज १३ गतेको कारोबारमा १६ अंक बढेर बन्द रहेको बजार आजदेखि कारोबार हुँदा परिसूचक ४५ अंकले उकालो लागेको हो।

दसैंको बिदा अघि १८५३.७६ रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४४.६२ अंक बढेर १८९८.३८ मा उक्लिएको छ। बजार परिसूचक ४४.६२ अंक अर्थात २.४१ प्रतिशतले बढ्दा ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ८.७८ अंकले बढेर ३७२.२१ मा उक्लिएको छ।


बजार बढेपनि कारोबार रकम भने १ अर्ब पनि कट्न सकेन। आज २२४ कम्पनीको ८३ करोड ६८ लाख ७३ हजार १ सय ४० रूपैयाँ बराबरको सेयर खरिद बिकी भएको छ।

उप-समूहतर्फ आजको कारोबारमा १३ ओटै समूहको सेयर मूल्य बढेको छ। सबैभन्दा धेरै फाइनान्स समूह ४.६९ प्रतिशतले बढ्यो।

बढ्दो बजारमा १७५ कम्पनीको सेयर मूल्य बढ्दा ८ कम्पनीको सेयर मूल्य घटेको छ।

सप्तकोशी विकास बैंक, उपकार लघुवित्त, गुह्वेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, मितेरी विकास बैंक, एक्सेल विकास बैंक उच्च कमाउने ५ कम्पनी रहेका छन् ।


Author

थप समाचार
x