सेयर

साताको पहिलो कारोबारमा बढेको नेप्से दोश्रोमा २७ अंकले घट्यो

इकागज |
असोज २४, २०७९ सोमबार १५:१३ बजे

फाइल फोटो

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पुन: गिरावट आएको छ। साताको दोस्रो कारोबारमा बजार २७ अंकले गिरावट आएको हो ।

दसैंको बिदाको ९ दिन पछि खुलेको बजार आइतबार ४५ अंकले बढेको बजार दोस्रो कारोबारमा भने ओरालो लागेको छ। आज बजार परिसूचक २७.१६ अंक अर्थात १.४३ प्रतिशतले घटेको छ। ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स १.४४ प्रतिशतले घटेर ३६६.८४ मा झरेको छ ।


सोमबार कारोबारको सुरुवात देखिनै ओरालो लागेको बजार अन्तिमसम्म कायम रहन पुगेको थियो ।

बजार घटेपनि आइतबारको तुलनामा कारोबार रकममा बढेको छ। आइतबार ८३ करोडको कारोबार भएको बजारमा सोमबार २३३ कम्पनीको ९७ करोड १७ लाख ६७ हजार ७ सय १४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यस्तै ३१ लाख ५५ हजार ६ सय ९५ कित्ता सेयर १७ हजार ८ सय ७६ पटकमा खरिद बिक्री भएको थियो ।

उप समूहतर्फ सोमबार म्युचुअल फण्ड बाहेक १२ समूहको सेयर मूल्य घटेको छ। सबैभन्दा धेरै विकास बैंक समूहको सेयर २.६५ प्रतिशतले घटेको छ।

बजार घट्दा जम्मा १९ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ।

अभियान लघुवित्त, एनएमबि हाइब्रिड फण्ड, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड, एनआइसी एसिया फण्ड, उन्नती सहकार्य लघुवित्त लगायतका कम्पनी उच्च कमाउनेमा रहेका छन् ।


Author

थप समाचार
x