सेयर

साताको अन्तिम कारोबारमा ४ अंकले बढ्यो सेयर बजार

इकागज |
असोज २७, २०७९ बिहीबार १६:२८ बजे

काठमाडौंँ - साताको अन्तिम कारोबारमा पनि सेयर बजार उकालो लागेको छ । बिहीबार, नेप्से परिसूचक ४.१५ अंकले बढेर १८७०.६३ अंक विन्दुमा उकालो लागेको छ।

आज २६ लाख ९८ हजारको कित्ता सेयर ८२ करोड ९६ लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, उप-समूहतर्फ हाइड्रोपावर बाहेक सबै कम्पनीहरूमा हरियाली देखिएको छ ।


आज ९५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७९ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ । त्यसैगरि, अभियान लघुवित्तको सेयरमा १० प्रतिशतको सर्किट लागेको छ ।

आज नबिल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड ४० लाख रुपैयाँ माथिको कारोबार भएको छ । त्यसैगरि, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २७ लाख, शिवम् सिमेन्टसको २ करोड ९१ लाख, रिडी पावरको २ करोड ८३ लाख र हिमालयन डेष्टिलरीको २ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।


Author

थप समाचार
x