सेयर

साताको अन्तिम कारोबारमा १.३८ अंकले घट्यो नेप्से

इकागज |
कात्तिक ३, २०७९ बिहीबार १५:२७ बजे

काठमाडौंँ - साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १.३८ अंकले घटेर १८४४.१३ अंक विन्दुमा  झरेको छ । बुधबार १२ अंकले घटेको बजार अन्तिम कारोबारमा सामान्य अंकले गिरावट आएको छ।

१ अंकले घटेको बजारमा बिहीबार १५ लाख ४६ हजार ८ सय ५७ कित्ता सेयर ५० करोड ७६ लाख ८९ हजार ५ सय ६१ रुपैयाँमा खरिद बिक्री भएको छ । त्यस्तै, उप-समूहतर्फ ट्रेडिङ, डेभलपमेन्ट बैंक र इन्भेष्टमेन्ट बाहेक सबै कम्पनीहरूमा राताम्मे देखिएको छ । आज ७८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९५ वटा कम्पनीको घटेको छ ।


बिहीबार सयपत्री हाइड्रोपावरको सेयर मूल्यमा ९.९७ प्रतिशतको सर्किट लागेको छ । आज अभियान लघुवित्तको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड ६९ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, गरिमा विकास बैंकको २ करोड ६७ लाख, एभरेष्ट बैंकको २ करोड ४९ लाख, नबिल बैंकको २ करोड ३७ लाख र एनआईसी एशिया बैंक १ करोड ३३ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।


Author

थप समाचार
x