बोर्डले अनुमति नदिँदा ३५ कम्पनीका करिब १५ अर्बको आईपीओ पाइपलाइनमा
फाइल तस्वीर
काठमाडौंँ - नेपाल धितोपत्र बोर्डमा आईपीओ जारी गर्नका लागि आवेदन दिने कम्पनीको संख्याको ३५ पुगेको छ । आईपीओ जारी गर्नका लागि उक्त कम्पनीले धितोपत्र बोर्डबाट अनुमतिको पर्खाइमा रहेका छन् । अनुमति मागेका कम्पनीहरुले १४ अर्ब ९७ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारीमा छन्।
आइपीओ जारी गर्ने अनुमति मागेका कम्पनीमा रिलायन्स लाइफ इन्स्योरेन्स र घोराही सिमेन्टले प्रिमियममा आइपीओ जारी गर्ने तयारी गरेका छन् । यस्तै सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स बुक बिल्डिङ माध्यमबाट आइपीओ जारी गर्ने तयारीमा छन् । अन्यले भने एक सय रुपैयाँ अंकित दरमा नै आइपीओ बिक्रीमा ल्याउने छन् ।
धितोपत्र बोर्डमा एक वर्ष अघिदेखि आईपीओ जारी गर्न स्वीकृति मागेका कम्पनीहरुले समेत अझै आइपीओ निष्कासनको अनुमति पाउन सकेका छैनन् । आईपीओ जारी गर्ने अनुमति पाउने वित्तीकै बिक्रीमा ल्याउने योजनामा कम्पनीहरु देखिएका छन् । पछिल्लो समय आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ ।
अहिले डिम्याट खाताको संख्या करिव ५४ लाख पुगेको छ । हरेक आईपीओमा १५ लाख बढीले आवेदन दिने गरेका छन् । जसले गर्दा कम्पनीहरुले बिक्रीमा ल्याउने आइपीओ सहजै बिक्री हुने गरेको छ । अहिले दोस्रो बजारमा खरिदकर्ता न्यून देखिएपनि आइपीओमा भने लगानीकर्ताको आकर्षण कायमै रहेको देखिन्छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया