सेयर

साताको अन्तिम कारोबारमा १६ अंक घट्यो सेयर बजार परिसूचक

इकागज |
कात्तिक १७, २०७९ बिहीबार १५:१५ बजे

काठमाडौँ- साताको अन्तिम कारोबारमा सेयर बजार परिसूचक पुन: घटेको छ। बिहीबार सेयर बजार परिसूचक १६ अंकले घटेको हो । तिहार तथा छठ पश्चात सोमबारबाट खुलेको बजार बुधबारसम्म उकालो लागेको थियो । १६.१४ अंकले घट्दा परिसूचक १९२२.१६ मा झरेको छ।

बिहीबार नेप्से ०.८३ प्रतिशतले घट्दा 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ३.५० अंक बढेर ३७९.४३ मा झरेको छ।


बजारसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ। मंगलबार र बुधबार १ अर्ब माथि गएको कारोबार रकम आज ८९ करोड ८९ लाख ७ हजार ८ सय ३० रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।  यस्तै २७ लाख ६७ हजार ५ सय ३९ कित्ता सेयर १८ हजार १ सय ४० पटकमा खरिद बिक्री भएको थियो ।

उप-समूहतर्फ बिहीबार निर्जीवन बीमा समूह र जीवन बीमा समूह सामान्य बढ्दा बाँकी ११ समूहको सेयर मूल्य घटेको छ।

बजार घट्दा आज कारोबार भएका जम्मा २७ कम्पनीको सेयर मूल्य बढेको छ । भने १५३ कम्पनीको सेयर मूल्य घटेको छ।

१२१५ नगल लाभांश घोषणा गरेको युनिलिभर नेपाल, नबिल ब्यालेस्ड फण्ड, सेञ्चुरी डिबेन्चर, सिटिजन म्युचअल फण्ड, नेशलन लाइफ इन्स्योरेन्स लगायतको सेयर उच्च कमाउनेमा परेका छन् ।


Author

थप समाचार
x