सेयर बजारमा हरियाली, ४ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर
फाइल तस्वीर
काठमाडौँ- आइतबार सेयर बजार परिसूचक उल्लेख्य सुधार देखिएको छ। आज बजार परिसूचक ४३.२० अंकले बढेको हो ।
४३ अकंले बजार बढ्दा समग्र बजार परिसूचक १९६५.३६ मा उक्लिएको छ। यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ८.०९ अंक बढेर ३८७.५२ मा उक्लिएको छ। बजार परिसूचक सँगै आज कारोबार रकम पनि बढेको छ। आइतबार १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५ सय ६१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ३९ लाख १३ हजार ५ सय ७३ कित्ता सेयर २७ हजार ७ सय ६८ पटकमा खरिद बिक्री भएको थियो।
बजार बढ्दा आइतबार १२ उप-समूहको सेयर मूल्य बढेको छ । भने म्युचअल फण्ड ०.०५ प्रतिशले घटेको छ। बढ्दो बजारमा कारोबार भएका १ सय ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १ कम्पनीको सेयर मूल्य घटेको छ ।
मानुषी लघुवित्त , जाल्पा सामूदायिक लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, उपकार लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ।
आज नेष्डो समृद्वि लघुवित्तको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड १४ लाख रुपैयाँ माथिको कारोबार भएको छ । यस्तै, एभरेष्ट बैंकको ७ करोड ३ लाख, हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ६० लाख, जाल्पा सामुदायिक लघुवित्तको ५ करोड ६५ लाख र हिमालयन डेष्टिलरीको ४ करोड ३२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया