Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सेयर

सेयर बजार ६ अंकले घट्यो, कारोबार रकम २ अर्ब माथि

इकागज |
कात्तिक २१, २०७९ सोमबार १५:१२ बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको दोस्रो कारोबारमा ६ अंकले घटेको छ। सोमबार सेयर बजार परिसूचक ६.४३ अंक घटेर १९५८.९४ मा झरेको छ। साताको सुरुमा आइतबार ४३ अंकले बढेको बजार दोस्रो कारोबारमा भने सामान्य अंकले घटेको हो । बजार परिसूचक ०.३३ प्रतिशतले घट्दा 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स २.१९ अंक घटेर ३८५.३३ मा झरेको छ।

सामान्य अंकले बजार घटेपनि कारोबार रकम भने बढेको छ। आज २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३ सय ८४ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। ४९ लाख ४४ हजार ७६ कित्ता सेयर ३५ हजार १ सय १२ पटकमा खरिद बिक्री भएको थियो।


बजार ६ अंकले घट्दा व्यापार, अन्य, जीवन बीमा, म्युचुअल फण्ड तथा लगानी समूह सामान्य अंकले बढेका छन् । बजार घट्दा कारोबार भएका ५६ कम्पनीको सेयर मूल्य बढेका छ। भने १२६ कम्पनीको सेयर मूल्य घटेको छ।


Author

थप समाचार
x