सेयर

सेयर बजार ३९ अंकले घट्यो, कारोबार रकम १ अर्ब ४० करोड

इकागज |
कात्तिक २३, २०७९ बुधबार १५:२२ बजे

फाइल तस्वीर

काठमाडौँ- बुधबार सेयर बजार परिसूचक ३९ अंकले घटेको छ। साताको चौथो कारोबारमा बजार परिसूचक ३९.१५ अंक घटेको हो ।  तीव्र उतारद्बढावकाबीच अन्त्यमा बजार परिसूचक २ प्रतिशतले घटेर १९१७.२२ मा झरेको छ। यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ७.६८ अंक घटेर ३७६.५३ मा झरेको छ।

बजारसँगै आज अधिकांस परिसूचक घटेका छन् । उप-समूहतर्फ कारोबार भएका १३ ओटै समूहको सेयर मूल्य घटेको छ। सबैभन्दा बढी फाइनान्स समूह ४.७३ प्रतिशतलेर् घटेको छ।


३९ अंकले घटेको बजारमा आज कारोबार भएका २२३ कम्पनीको १ अर्ब ४० करोड ७३ लाख ९५ ४ सय ३७ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। यस्तै ३६ लाख ९७  हजार ७ सय २३ कित्ता सेयर २४ हजार ३ सय ८८ पटकमा खरिद बिक्री भएको छ।


Author

थप समाचार
x