Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सेयर

साताको अन्तिम कारोबारमा २३ अंकले घट्यो सेयर बजार, कारोबार रकम १ अर्ब ११ करोड

इकागज |
कात्तिक २४, २०७९ बिहीबार १५:३४ बजे

फाइल तस्वीर

काठमाडौं - साताको अन्तिम दिन पनि सेयर बजारमा गिरावट आएको छ । बिहीबार, नेप्से परिसूचक २३.५२ अंकले घटेर १८९३.७० अंकमा विन्दुमा आइपुगेको छ । अघिल्लो दिनको कारोबारमा ३९ अंकले घटेको बजार बिहीबार पुन : २३ अंकले घटेको हो ।  त्यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स १.११ प्रतिशतले गिरावट हुँदा ३७२.३७ मा झरेको छ।  

बिहीबार २२६ कम्पनीको ३१ लाख १४ हजारको कित्ता सेयर १ अर्ब ११ करोडमा ९४ लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा राताम्मै देखिएको छ । आज १३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७१ वटा कम्पनीको घटेको छ १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।


आज शिवम् सिमेन्टस्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड २२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, नेपाल रि इन्स्योरेन्सको ३ करोड ५८ लाख, युनाइटेड मोदि हाइड्रोपावर ३ करोड ३४ लाख, हिमालयन डेष्टिलरीको ३ करोड ३३ लाख र रिडी पावरको ३ करोड ३० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।


Author

थप समाचार
x