सेयर

नेप्सेमा बिहीबार झण्डै पाँच अर्बको शेयर कारोबार

इकागज |
कात्तिक २७, २०७७ बिहीबार १६:५२ बजे

काठमाडौँ  : साताको अन्तिम दिन बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । लगातार उकालो लागेको नेप्सेमा बिहीबार झण्डै ११ अंको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १०.८२ अंकले वृध्दि भइ एक हजार ७१८.४९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.२७ विन्दुले उकालो लागेर ३३८.८९ मा पुगेको छ । 

कूल १९८ कम्पनीको एक करोड ३८ लाख ८९ हजार १८९ कित्ता शेयर चार अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५५१ मूल्यमा खरिद बिक्री भयो । नेप्से उकालो लागेर कारोबार रकमसमेत वृध्दि हुँदा त्यसले लगानीकर्तालाई समेत उत्साहित बनाएको छ । 


स्कटका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १०.२१, व्यापार १६४.७१, निर्जीवन बीमा ३९.१६, अन्य २८.३९ र सामूहिक लगानी कोष ०.०१ विन्दुले उकालो लागेको छ । यस्तै, होटल १८.४१, विकास बैंक ४.४७, वित्त ३.६५, उत्पादन ३०.८६, लघुवित्त १.७१ र जीवन बीमा २८.९२ विन्दुले ओरालो लागेको छ । 

कारोबारका आधारमा पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको २८ करोड ५५ लाख पाँच हजार ६६९ बराबरको कारोबार भयो । यस्तै साल्ट ट्रेडिङ कर्पोरेशन २६ करोड सात लाख ९१ हजार ६०९, प्रभु बैंक २० करोड ८२ लाख ६८ हजार ६१६, हिमालयन डिस्टिलरी १८ करोड ७६ लाख ८५ हजार ४९०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी  १६ करोड तीन लाख ७८ हजार ५३५, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर  १५ करोड ९४ लाख ३६ हजार ३३८ र शिवम सिमेन्ट १३ करोड ६४ लाख ५४ हजार ३३९ बराबरको कारोबार कारोबार भयो ।  (रासस)
 


Author

थप समाचार
x