सेयर

साताको अन्तिम कारोबारमा नेप्से १४ अंकले घट्यो

इकागज |
मंसिर २९, २०७९ बिहीबार १५:३५ बजे

काठमाडौं - साताको अन्तिम दिन पनि सेयर बजारमा गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १४.४८ अंकले घटेर १८८२.६० अंक विन्दुमा झरेको छ ।

आज कारोबार रकममा भने बढोत्तरी भएको छ।  आज ४८ लाख ४ हजार २७९ कित्ता सेयर १ अर्ब १९ करोड २६  लाख १६ हजार १८७ रुपैयाँमा खरिद बिक्री भएको छ ।  अघिल्लो दिनको कारोबारमा कारोबार रकम १ अर्ब मुनि थियो ।


त्यस्तै, २८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६७ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ। आज रुरु जलविद्युतमा ९.९९५ र इस्टर्न हाइड्रोपावरमा ९.९७ प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।  त्यस्तै, माउन्टेन इनर्जी नेपालको ७.६१, धौलागिरी लघुवित्तको ४.२ र सिंगटी हाइड्रोपावरको सेयर मूल्य बढेको छ ।

त्यसैगरी, एनसीसी बैंक प्रमोटर सेयरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २२ करोड ८९ लाख रूपैयाँ माथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ९ करोड ३१ लाख, सिवाइसी लघुवित्तको ६ करोड ३९ लाख, नेपाल टेलिकमको ५ करोड ३३ लाख र नबिल बैंकको ४ करोड ७२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सेयर बजार ओरालो लागेसँगै पिपल्स हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, नबिल ब्यालेन्स्ड फण्ड, लक्ष्मी इक्युटी फण्ड, शिभम् सिमेन्ट लगायतका कम्पनीको सेयर मूल्य घटेको छ ।

 


Author

थप समाचार
x