सेयर

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम ८८ करोड

इकागज |
पुस ४, २०७९ सोमबार १५:२३ बजे

फाइल तस्वीर

काठमाडौँ – सोमबार सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । आज बजार ३.८३ प्रतिशतले बढेको हो । साताको पहिलो कारोबारमा २७ अंकले घटेको बजार आज सामन्य सुधार भएको छ। सामान्य सुधार देखिएको बजारमा १८५८.८९ अंकमा उक्लिएको छ ।  यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स ०.३२ प्रतिशतले बढेर ३६३.९७ मा उक्लिएको छ।

बजार बढेपनि सोमबार कारोबार रकमा भने उल्लेख्य गिरावट आएको छ । आज २५१ कम्पनीको ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। यस्तै २६ लाख ९९ हजार ३३१ कित्ता सेयर ३० हजार ५४५ पटकमा किनबेच भएको छ। साताको पहिलो कारोबारका दिन १ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।


बजारमा सामान्य सुधार देखिदा बैंकिङ सूचक, जलविद्युत सूचक, माइक्रो फाइनान्स सूचक तथा व्यापार सूचक घट्दा बाँकी उप-सूचक सामान्य बढेका छन्।

सामान्य बढेको बजारमा सोमबार कारोबार भएका १२५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७२ कम्पनीको सेयर मूल्य घटेको छ।

यस्तै धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ। अन्य उच्च कारोबार गर्ने कम्पनीहरूमा  खप्तड  लघुवित्त, सिवाइसी नेपाल लघुवित्त, नबिल ब्यालेस्ड फण्ड, रिलायन्स फाइनान्स लगायतका कम्पनी रहेका छन् ।

 

 

 


Author

थप समाचार
x