सेयर

सेयर बजारमा पुन: ६ अंकको गिरावट

इकागज |
पुस ६, २०७९ बुधबार १५:१८ बजे

फाइल तस्वीर

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबारको कारोबारमा ६ अंकले घटेको छ। सातको चौथो कारोबारका दिन सेयर बजार परिसूचक ५.८९ प्रतिशतले घटेको छ। साताको सुरुवातमा २७ अंकले घटेको बजार सोमबार र मंगलबार बढेको थियो । बुधबार बजार ५.८९ अंक घटेर परिसूचक १८६७.२२ मा ओर्लिएको छ ।

यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स १.३१ अंक घटेर ३६५.३४ मा झरेको छ। उप-सूचक तर्फ बैंकिङ सूचक ०.२७ प्रतिशतले बढ्दा बाँकी १२ सूचकको सेयर मूल्य घटेको छ।


यस्तै २५२ कम्पनीको ८६ करोड ३८ लाख १६ हजार ५६१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। २४ लाख ४० हजार ३०७ कित्ता सेयर २० हजार ४३३ पटकमा खरिद बिक्री भएको छ ।

घट्दो बजारकाबीच ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४० कम्पनीको सेयर मूल्य घटेको छ । आँधिखोला लघुवित्त तथा सृजनशील लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेर क्रमश : १६५७.७० तथा १०९६.२० मा कायम छ । यस्तै इस्टर्न हाइड्रो, घेलम्दी हाइड्रो, धौलागिरी लघुवित्त लगायतका कम्पनी उच्च कमाउनेमा रहेका छन् ।

 


Author

थप समाचार
x