साताको सेयर बजार
साताभरमा १५ अंकले ऋणात्मक रह्यो सेयर बजार
फाइल तस्वीर
काठमाडौं- सेयर बजार परिसूचक यस साता पनि गिरावट आएको छ । साताको ५ दिनको कारोबार मध्ये दोश्रो र तेश्रो कारोबामा सामान्य बढेको बजार परिसूचक बाँकी ३ कारोबारको दिन भने घटेको छ ।
बजारमा पर्याप्त लगानी रकम नहुनु तथा राष्ट्रपतिले सरकार गठनको समय दिइसकेको अवस्था र कसले सरकार बनाउने भन्ने रस्साकस्सीबीच लगानीकर्ता सेयर बजारलाई पर्ख र हेरको अवस्थामा छन् । अब बन्ने सरकार कुन दलको हुने र अर्थमन्त्री पुँजी बजार प्रतिको धारणा कस्तो हुने भन्नेमा लगानीकर्ताहरू प्रतिक्षामा छन् ।
साताको सुरुवातमा आइतबार २७.५४ अंकले घटेको बजार सोमबार ३.८७ र मंगलबार १४.२२ अंकले बढेको थियो। यस्तै बुधबार पुन: ५.८९ अंकले घटेको थियो भने साताको अन्तिम दिन बिहीबार स्थिर रहेको थियो । साताभरमा सेयर बजार परिसूचक १५.३४ अंकले घटेको छ । गत साताको शुक्रबार पश्चात १८८२ रहेको सेयर बजार परिसूचक यो साता १५ अंक घटेर १८६७.२१ मा ओर्लिएको छ।
यस्तै साताभरमा सेन्सेटीभ इन्डेक्स ०.९८ अंक घटेको छ भने फ्लोट इन्डेक्स १.०३ अंक र सेन्सेटीभ फ्लोट इन्डेक्स १.१७ अंकले घटेको छ । साताभरमा सेयर बजारमा ५ अर्ब भन्दा मुनी कारोबार भएको छ। यस साता ४ अर्ब ९३ करोड रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । साताको सुरुवातमा १ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो भने सोमबार कारोबार रकम ८८ करोडमा सिमित हुन पुगेको थियो । यस्तै मंगलबार ९३ करोड रुपैयाँ, बुधबार ८६ करोड तथा साताको अन्तिम कारोबारमा १ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।
साता नेप्सेसँगै दैनिक औसत कारोबार रकम पनि घटेको छ । सातको दैनिक कारोबार रकम औसतमा ९९ करोडको सेयर खरिद बिक्री भएको छ । गत साता औसतमा १ अर्ब ३ करोडको सेयर कारोबार भएको थियो ।
साताभरको कारोबार पश्चात सेयर बजार पुँजीकरण २१ अर्बले घटेको छ । गत साता २७ खर्ब २१ अर्ब रहेको नेप्सेको कुल बजार पुँजीकरण यस साता २१ अर्ब रूपैयाँ घटेर २७ खर्बमा झरेको छ ।
यस साता १३ उप सूचक मध्ये अन्य उपसूचक बाहेक सबै उप-सूचक घटेका छन् । यस साता व्यापार उप-सूचकको सर्वाधिक ४.३१ प्रतिशत घटेको छ। अंकका आधारमा यस साता विकास बैँक उप-सूचक सर्वाधिक ८०.२० अंकले घटेको छ ।
यस साता धौलागिरि लघुवित्तको सेयर मूल्य सर्वाधिक ५५.८१ प्रतिशत बढेको छ । त्यसैगरी, खप्तड लघुवित्तको सेयर मूल्य यस साता २४.२३ प्रतिशत, आदर्श लघुवित्तको १४.७८ प्रतिशत र घलेम्दी हाइड्रोको १२.८५ प्रतिशत बढेको छ ।
कारोबारमा आएको रुरु जलविद्युत परियोजनाको सेयर मूल्य यस साता सर्वाधिक १२.९७ प्रतिशत घटेको छ। त्यस्तै, फरवार्ड लघुवित्त र महालक्ष्मी विकास बैंकको सेयर मूल्य ११ प्रतिशतभन्दा बढी घटेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया