नयाँ सरकार बनेसँगै सेयर बजारमा उछाल, कारोबार २ अर्ब माथि
फाइल तस्वीर
काठमाडौं- नयाँ सरकार गठनसँगै सेयर बजार उल्लेख बढेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै सेयर बजार सकारात्मक हुन पुगेको छ। साताको सुरुवाती कारोबारका दिन सोमबार सेयर बजार परिसूचक ५७ अकंले उकालो लागेको छ ।
साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ । आइतबार क्रिसमसका कारण सेयर बजार बन्द रह्यो । सोमबार, नेप्से परिसूचक ५६.८६ अंकले बढेर १९२४.०७ अंक विन्दुमा कायम रहेको छ ।
आज ५६ लाख ५३ हजार ५३ कित्ता सेयर २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै आज २०३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।
नेप्से उल्लेख्य बढ्दा आज पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। आज सबैभन्दा धेरै गोखार्ज फाइनान्सको सेयर बढेकोे छ । कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।
त्यस्तै, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, सृजनशील लघुवित्त, रिलायन्स फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरि, नेपाल टेलिकमको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २० करोड ८८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डेष्टिलरीको ११ करोड ११ लाख, नबिल बैंकको ९ करोड ११ लाख, रिडी पावरको ७ करोड २६ लाख र एनआइसी एसियाको ६ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया