सेयर बजार ६० अकंले बढ्यो, कारोबार रकम ३ अर्ब ८८ करोड
फाइल तस्वीर
काठमाडौँ- नयाँ सरकारको गठन तथा अर्थमन्त्रीको आगमनले सेयर बजार लगानीकर्तामा उत्साह छाएको छ । सोमबार नयाँ मन्त्रिमण्डल बनेपछि सेयर बजारमा सकारात्मकता तर्फ बढेको हो। साताको पहिलो कारोबारमा सोमबार ५७ अंकले बढेको बजार मंगलबार ६० अकंले बढेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषदको बैठकको निर्णयको प्रथम बुँदामा पुँजी बजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने निर्णय गरेपछि लगानीकर्तामा पनि उत्साह देखिएको छ। बैठकले ब्याजदर र तरलताको समस्या समाधान गर्ने निर्णय गरेपछि यसको असर बजारमा परेको छ ।
आज बजार परिसूचक ५९.८७ अंकले बढेर १९८३.९५ मा उक्लिएको छ । बजार ३.११ प्रतिशत तथा 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स १०.६० अंकले बढेर ३८६.०५ अंकमा कायम छ ।
उप-सूचक तर्फ मंगलबार १३ ओटै सूचकमा हरियाली छाएको छ । बैंकिङ समूह २.६६, विकास बैंक समूह २.९४, फाइनान्स ४.३५, होटेल् एण्ड टुरिजम ४.२६, हाइड्रोपावर ४.६८, इन्भेष्टमेन्ट ६.४३, लाइफ इन्स्योरेन्स ३.९९, म्यानिफ्यक्चरिङ एण्ड प्रोसेसिङ १.४४, म्युचल फण्ड ०.७१ नन लाइफ इन्स्योरेन्स ३.७०, अन्य २.५० तथा ट्रेडिङ सूचक २.८६ प्रतिशतले बढेको छ ।
यस्तै कारोबार रकममा पनि उल्लेख्य बढोत्तरी भएको छ । आज २६१ कम्पनीको ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९९७ रुपैयाँ बराबरको १ करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर ६३ हजार ६७ पटकमा किनबेच भएको छ। अघिल्लो दिनको कारोबारमा २ अर्ब माथि सेयर खरिद बिक्री भएको थियो ।
बढ्दो बजारमा आज कारोबार भएका २०२ कम्पनीको सेयर मूल्य बढेका छन् भने ८ कम्पनीको मूल्य घटेको छ । सिद्धार्थ इन्स्योरेन्स, मल्टीप्रपोज फाइनान्स, अजोड इन्स्योरेन्स, सृजनशील लघुवित्त, धौलागिरि लघुवित्तको सेयरले सर्किट लेभलमा कारोबार गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया