सेयर

साताको अन्तिम कारोबारमा ५७ अंकले बढ्यो, कारोबार रकम २ अर्ब ८६ करोड

इकागज |
पुस १४, २०७९ बिहीबार १५:१५ बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबारको दिन उल्लेख्य बढेको छ । साताको अन्तिम कारोबारमा सेयर बजार परिसूचक ५७ अंकले बढेको हो । साताको सुरुवातको दिन सोमबार ५७ अकं तथा मंगलबार ६० अंकले बढेको थियो यस्तै दुई दिन १ सय १७ अकंले बढेको बजार बुधबार भने करेक्सन हुँदै ११ अकंले घटेको थियो

बजार बढेसँगे परिसूचक २ हजार अकंमाथि उक्लिएको छ । बिहीबार बजार ५६.८८ अकं बढेर २०२९.०३ मा उक्लिएको छ। बिहीबार बजार परिसूचक २.८८ प्रतिशतले बढेको छ। यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सटीभ इन्डेक्स २.६२ प्रतिशतले बढेर ३९१.३१ मा कायम छ ।


उप-सूचकतर्फ १३ ओटै सूचक हरियो देखिएको छ । सबैभन्दा धेरै फाइनान्स समूह ५.३८ प्रतिशत जलविद्युत ४.९२ प्रतिशतले बढेको छ ।

बजार बढ्दा आज २०८ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको सेयर मूल्य घटेको छ । आज २५७ कम्पनीको २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ८० लाख २४ हजार ५५९ कित्ता सेयर ४५ हजार ९४४ पटकमा खरिद बिक्री भएको छ ।

बजार बढ्दा हिमालयन ऊर्जा विकास कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स, सृजनशील लघुवित्त, धौलागिरि लघुवित्त, अजोड इन्स्योरेन्सको सेयरले सर्किट लेभलमा कारोबार गरेका छन् ।

 


Author

थप समाचार
x