सेयर

साताको तेश्रो कारोबारमा सेयर बजारमा करेक्सन, कारोबार रकम ७ अर्ब ६५ करोड

इकागज |
पुस २६, २०७९ मंगलबार १५:३२ बजे

काठमाडौं- साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा २१.३५ अंकले ओरालो लागेर २१९०.४२ विन्दुमा आएर रोकिएको छ । 
सोमबार सेयर बजार ४६.७६ अंकले उकाले लागेको थियो र ५ अर्ब बढीको कारोबार अर्ब बढीको कारोबार सेयर कारोबार भएको थियो । 

साथै, मंगलबार २५४ कम्पनीको कारोबार हुँदा २ करोड ८ लाख ४३ हजार ९२५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५७९ रूपैयाँबढीको  सेयर कारोबार भएको छ । साताको तेश्रो कारोबारको दिन बजारमा कारोबार रकममा उच्च वृद्धि भएको हो । 


यस्तै,आज नगदी ग्रुप पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै दोश्रोमा एपीआइ पावर कम्पनीको २० करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

यता, आज बाराही हाइड्रोपावरको १० प्रतिशतले मूल्य वृद्धि भएको हो ।

यस्तै, कूल १७३ कम्पनीमा उकालो लागेको छ भने ३१ कम्पनीमा ओरालो लागेको छ । ६ कम्पनी भने स्थीर रहेको छ ।


Author

थप समाचार
x