सेयर बजार ७६.६४ अंकले बढ्याे
काठमाडौं- मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ । यस दिन नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ बिन्दुमा बन्द भएको छ । नेप्से परिसूचक बढेसंगै कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ ।
सोमबार १ अर्ब ४७ करोड ४१ लाख ६१ हजारको सेयर कारोबार भएको थियो । मंगलबार २६० वटा कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३६ करोडभन्दा बढी रुपैयाँको करोबार भएको छ ।
मंगलबार, बरुन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत् र आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यसैगरी एनआईसी एसिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकले १२ करोड ९२ लाख भन्दा बढी रुपैयाँ कमाएको छ ।
त्यस्तै, कारोबारमा आएका १३ वटा उपसुचकहरूमा उकालो लागेर हरियाली छाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया