सेयर

सेयर बजार ३.६५ अंकले घट्यो

इकागज |
फागुन १५, २०७९ सोमबार १५:४५ बजे

फाइल फोटो

काठमाडौं - साताको दोस्रो  कारोबार दिन नेप्से परिसुचकमा ०.१८ प्रतिशतले ओरालो लागेको  छ । सोमबार  ३.६५ अंकले ओरालो लागि २०२३.५४ बिन्दुमा आएर रोकिएको छ ।

यस्तै, सेन्सेटिभ इन्डेक्सम ०.२२ प्रतिशतले घटेको छ । आज  ५१ लाख २०  हजार ८८८ कित्ता  सेयर किनबेच हुँदा १ अरब ८९ करोड १७  बढीको कारोबार भएको छ ।


यस्तै १५९ कम्पनीहरूको कारोबार हुँदा ७१ कम्पनीमा वृद्धि भएको छ । १३५ कम्पनीमा ओरालो लागेको र ११ कम्पनी स्थिर रहेको  नेप्सेले जनाएको छ । 

त्यस्तै, स्वाभिमान लघुवित्त बित्तीय संस्था र समलिङ् पावर कम्पनी को ९  प्रतिशतले वृद्धि भएको छ । यता,  हिमालय डिस्टिलरीको ६ करोड बढीको कारोबार भएको छ भने एन आइसी एसिया बैंकको ५ करोड भन्दाबढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

सोमबार   १३ उप सूचकहरूमा ५ कम्पनीमा उकालो लागेको र अरू सबै उप सूचकहरूमा ओरालो लागेको जनाएको छ ।  


Author

थप समाचार
x