सेयर बजार १६.४२ अंकले बढ्यो
फाइल फोटो
काठमाडौं - सेयर बजार १६.४२ अंकले बढेको छ । बुधबार नेप्से सूचक १६.४२ अंकले बढेर २०३७.०६ बिन्दुमा आएर बजार बन्द भएको हो ।
१ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा कुल २२३ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १२६ कम्पनीको सेयरमूल्य बढ्दा ९१ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ ।
साथै ६ कम्पनीको भाउ स्थिर छ । बुधबार सर्वाधिक शिवम् सिमेन्टको २८ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया