सेयर

सेयर बजार ५२.२६ अंकले बढ्याे

इकागज |
असार ३, २०८० आइतबार १५:५० बजे

काठमाडौ । सेयर बजारमा उत्साह आउने क्रम आइतबार पनि जारी रहेको छ । यस दिन नेप्से सूचक ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा आएको छ । १४ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि वृद्धि भएको छ ।

सूचकका साथमा कारोबार रकमले पनि साथ दिँदै गएको छ ।  यस दिन २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८६ कराेड ९१ लाख ८४ हजार १६ रुपैयाँ काराेबार भएकाे छ । 


३६ करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स र सोल्टी होटल परेका छन् । 


Author

थप समाचार
x