सेयर बजार २१.३२ अंकले घट्याे
फाइल फोटो
काठमाडौं - सेयर बजार २१.३२ अंकले घटेकाे छ । साेमबार नेप्से सूचक २१.३२ अंकले घटेर २०७५.९७ विन्दुमा अडिएको छ । ४ अर्ब भन्दा बढीको सेयर कारोबार हुँदा ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सूचकसहित कारोबार रकम पनि केही प्रभावित भएको देखिन्छ ।
सोमबार बजार निकै अस्थिर पनि देखियो । छिनछिनमै सूचक हरियो र रातो बनिरहने प्रवृत्ति हावी भयो । यसले बजार केही अस्थिर रहेको र यसले निश्चित गति समाउन नसकेको देखाउँछ ।
यस दिन २७६ कम्पनीको ९४ लाख १८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २३ करोड ९४ लाख रुपैयाँसहित कारोबार रकममा हिमालयन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र नागरिक लगानी कोष परेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया