एकल अंकले बढ्याे सेयर बजार
फाइल फोटो
काठमाडौं - मौद्रिक नीतिपछि सोमबार पहिलोपटक सेयर बजार बढेको छ । यस दिन नेप्से सूचक ५.७९ अंकले बढेर २१०६.१४ विन्दुमा अडिएको छ । कारोबार रकम भने १ अर्ब ८४ करोड रुपैयाँ हाराहारीमा मात्र रहेको छ ।
गत आइतबार बजार खुलिरहेकै बेला मौद्रिक नीति सार्वजनिक भएको थियो । त्यसदिन भने बजार बेस्सरी बढेको थियो । त्यसपछि लगातार घट्न थालेको बजार आज सोमबार आएर मात्र रोकिएको हो । ५ कार्य दिनमा बजार लगातार तल भर्यो । यसबीचमा नेप्से सूचक करिब १२७ अंकले घट्यो ।
मौद्रिक नीतिअघि भने बजार बढेको थियो । एकातिर मौद्रिक नीतिमा ठूला लगानीकर्ताले असन्तुष्टि जनाउनु अनि यहीबेला अर्कोतिर बढेको बजारबाट ट्रेडरहरुले धमाधम नाफा बुक गर्न थाल्दा बजार बेस्सरी चेपुवमा पर्यो । फलस्वरुफ नेप्से लगातार पाँचै कार्य दिन घट्न पुग्यो ।
यस दिन २६२ कम्पनीको ५५ लाख ३१ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र एसियन लाइफ इन्सुरेन्स रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया