नेप्से सूचक मंगलबार ५.०५ विन्दुले घटेर १९९३.४२ अंकमा
फाइल फोटो
काठमाडौं - नेप्से सूचक मंगलबार ५.०५ विन्दुले घटेर १९९३.४२ अंकमा अडिएको छ । २ वटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ८६ करोड ५१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत ४ समूह मात्र सकारात्मक बनेका छन् । समग्रमा सेयर बजारमा साइडवेजमा गएको छ ।
केही दिनयता बजार सूचक निकै सुस्त छ । दैनिक खरिदबिक्री रकम पनि न्यून भएको छ । बजार २ हजार विन्दुभन्दा थोरै तल आएर अड्किएको छ । १९ सय ९० भन्दा तल पनि नजाने अनि २ हजार अंक पार गरेर माथि जान पनि नसक्ने अवस्थामा बजार रहेको छ ।
यस दिन २७८ कम्पनीको ४० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३ करोड ६२ लाख रुपैयाँसहित कारोबार रकममा माछापुच्छ्रे बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्सुरेन्स र नेपाल टेलिकम परेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया