सेयर

नेप्से सूचक १८.४५ विन्दुले बढेर २०२२.९१ अंकमा

इकागज |
असोज ९, २०८० मंगलबार १५:३२ बजे

फाइल फोटो

काठमाडौं -  दुई दिनको करेक्सनपछि मंगलबार सेयर बजारमा फेरि सुधार देखिएको छ । नेप्से सूचक १८.४५ विन्दुले बढेर २०२२.९१ अंकमा आएको छ । ५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा २ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । होटेल तथा पर्यटनबाहेक बाँकी सबै समूह बढेका छन् ।

 गत साताको बिहीबार करिब ४४ अंकले बजार बढेपछि आइतबार र सोमबार भने करेक्सन आएको थियो । तर दुई दिनको करेक्सनपछि मंगलबार पुन: सूचक बढेको हो । कारोबार रकम भने औसतमा रहेको छ । 


केही दिनयता विशेषगरी हाइड्रोपावर समूहमा चमक आइरहेको छ । हाइड्रोपावर समूहका कतिपय कम्पनीहरूमा सकारात्मक सर्किट लाग्ने गरी बढोत्तरी भइरहेका छन् । यसैगरी, बजारका लागि सकारात्मक खबरहरू पनि आइरहेका छन् । सरकार तथा नियामक निकायका पदाधिकारीहरूबीच बजार सुधारका विषयलाई लिएर छलफल र भेटघाटहरू पनि बाक्लिएका छन् । 

यस दिन २८६ कम्पनीको ८७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८ करोड ३४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा परेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सन नेपाल लाइफ इन्सुरेन्स र रिलायबल नेपाल लाइफ इन्सुरेन्स परेका छन् । 


Author

थप समाचार
x