सेयर धितो कर्जाको १२ करोडको सीमा तत्काल हटाउनुपर्छ : पूर्व अर्थमन्त्री पाण्डे
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर धितो कर्जाको १२ करोडको सीमा हटाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौँमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले यसअघि पनि सेयर धितो कर्जामा लगाएको सीमा हटाउने माग गरेको भन्दै अहिलेसम्म सरकारले त्यो काम गर्न नसकेको बताए ।
पाण्डेले कुल कर्जाको १० प्रतिशतसम्म सेयर बजारमा लगानी गर्न पाउनुपर्ने जिकिर गरे । उनले सेयर बजारमा अहिले जोखिम नभएको भन्दै कर्जाको जोखिम भार पनि १०० मा झार्न आवश्यक रहेको बताए । उनले सरकारका सबै निकायहरूले आउट अफ द बक्स भनेर सोच्नुपर्ने भनाइ राखे । उनले अरु देशको नियम हेरेर नेपालमा लागू हुन नसक्ने बताए ।
पूर्व अर्थमन्त्री पाण्डेले भारतमा बैंक कर्जा वृद्धि भए अनुसार रोजगारी वृद्धि भएको तर नेपालमा हरेक वर्ष भारतको भन्दा कर्जा विस्तार भए पनि रोजगारी सिर्जना हुन नसकेको बताए । उनले बैंकहरूको लगानीको कर्जा लगानी कहाँ गयो भन्दै प्रश्न गरे । उनले मुलुकको अर्थतन्त्र अर्थतन्त्रका इन्डिकेटर हेरेर मात्रै समाधान हुन नसक्ने बताए ।
प्रधानमन्त्री र अर्थमन्त्रीले अर्थतन्त्र सुधार नहुनुको दोष गभर्नरमाथि थोपरेर पन्छिन नमिल्ने पूर्व अर्थमन्त्री पाण्डेले बताए । उनले सरकारले वर्तमान अर्थतन्त्र र व्यवसायीहरूका समस्या समाधान गर्नेतर्फ भन्दा पनि जिम्मेवारबाट पन्छिने काम गरिरहेको आराेप लगाए । उनले मुलुकमा अर्थतन्त्रको एउटा समस्या भए पनि सरकार अर्को बाटो हिँडेको दाबी गरे ।
पाण्डेले अर्थमन्त्रीले गभर्नरले माने मैले सुधार गरिदिन्छु भन्दै हिँडेको आरोप लगाए । गभर्नरले चाहँदैमा सबै कुरा सुधार हुने अवस्था नभएको उनकाे भनाइ छ । गभर्नरले काम नगरे सरकारले ‘कान समातेर’ यसो गर् भन्न सक्नुपर्ने उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया