प्रि–ओपन सेसनमा नेप्से साढे ४ अंकले बढ्यो
फाइल तस्बिर
काठमाडौं - प्रि–ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले वृद्धि भएको छ ।
चालु साताको तेस्रो कारोबार दिन मंगलबार प्रि–ओपन सेसनमा ४.५६ अंकले वृद्धि भएको नेप्से परिसूचक २०६५.०६ अंकले पुगेर बन्द भएको छ ।
यस सेसनमा ५५ कम्पनीका १५१ पटक भएको कारोबारमा १० हजार ६८३ कित्ता सेयर किनबेच हुँदा ३८ लाख १८ हजार ८२२ रुपैयाँको कारोबार भएको छ ।
यस सेसनमा ३६ कम्पनीको सेयर मूल्य बढ्दा १३ वटाको घटेको छ भने ४ वटाको स्थिर रह्यो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया