सेयर

नेप्से २‍‍.३७ अंकले घट्याे

इकागज |
चैत २२, २०८० बिहीबार १५:३३ बजे

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) बिहीबार ३ अंकले घटेको छ । बजार परिसूचक २.७३ अंकले घटेको हो । सामान्य अंकले घटेको बजारमा ३०२ कम्पनीमध्ये १०६ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको घटेको छ ।

बजार घटेपनि मानुषी लघुवित्त तथा मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । यी दुई कम्पनीको सेयर १० प्रतिशतले बढ्दा मानुषी १०९७.८० र मनकामना ९४९ मा उक्लिएको छ । गुँरास लुघवित्त, तारागाउँ होटेल, विन नेपाल लघुवित्त लगायतका कम्पनी उच्च कमाउनेमा परेका छन् ।


त्यस्तै आज सबैभन्दा धेरै मूल्य घट्नेमा पिपुल्स पावर लिमिटेडको सबैभन्दा बढी ९.०५ प्रतिशत, सर्वोत्तम सिमेन्टको ५.८५ प्रतिशत मूल्य घटेको छ ।

सामान्य अंकले बजार घट्दा फाइनान्स समूह ०.३२, होटल तथा पर्यटन १.६७ प्रतिशत, माइक्रो फाइनान्स समूह २.३८, निर्जीवन समूह ०.२८ प्रतिशत तथा वित्त समूह ०.११ प्रतिशतले बढ्दा बाँकी समूह घटेको छ ।


Author

थप समाचार
x