नेप्से परिसूचक १६ दशमलव ८३ अंकले घट्यो
फाइल तस्बिर
काठमाडौँ - नेप्से परिसूचक १६ दशमलव ८३ अंकले घटेर २००६ दशमलव ५२ मा आएर रोकिएको छ ।
आज ३१४ कम्पनीको ७२ लाख २३ हजार ७७३ सेयर खरिदबिक्री हुँदा २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४२३ रुपैयाँ ६८ पैसा कारोबार भएको छ । आज सबैभन्दा बढी नगादी ग्रुप पा.लिको सेयर कारोबार भएको छ । नगादीको १७ करोड ७३ लाख ६८ हजार २९५ रुपैयाँ २० पैसा कारोबार भएको छ ।
आज सबैभन्दा सेयर बढ्ने कम्पनीहरूमा माछापुच्छ्रे डिवेन्चर ७.९ प्रतिशत, मेन्छियाम हाइड्रोपावर लिमिटेड ६.१०, प्रभु स्मार्ट फन्डको ५.७५, मञ्जुश्री लघुवित्त वित्तीय संस्था ५.५३ र दिव्यश्वरी हाइड्रो पावरको ३.६८ प्रतिशत सेयर बढेको छ ।
आज सबैभन्दा सेयर घट्नेमा गुँरास लघुवित्त वित्तीय संस्थाको १०, डोल्टी पावर कम्पनीको १०, खानीखोला हाइड्रो पावर कमपनीको ७.४३, निफ्रा उर्जा रिनपत्रको ७.११ र मन्डु हाइड्रो पावर लिमिटेडको ६.०१ रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया