नेप्से सामान्य अंकले बढ्यो
फाइल फाेटाे
काठमाडौं - बुधबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ०.१५ अंकले बढेर १९६९.१७ विन्दुमा रोकिएको छ ।
त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.१७ प्रतिशतले बढेको छ । ३१३ कम्पनीका ७२ लाख ८४ हजार २७२ कित्ता सेयर ३६ हजार ३८३ पटक कारोबार हुँदै २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९८ रुपैयाँमा कारोबार भएका थिए ।
त्यस्तै आज पोखरा फाइनान्सको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै गुराँस लघुवित्त वित्तीयको ९.९२, सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको ७.५५ प्रतिशत सेयर बढेको छ । आज सबैभन्दा बढी माईखोला हाइड्रोपावरको सेयर मूल्य ७.८४ प्रतिशतले घटेको छ ।
आज ३ समूहको उपसूचकबाहेक अन्यको सूचक नकारात्मक रहेका छ । जसमा फाइनान्स समूहको उपसूचक २.४४ प्रतिशतले बढेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया