सेयर

सेयर बजार ९.५४ ले घट्यो

इकागज |
जेठ २, २०८१ बुधबार १६:१० बजे

काठमाडौँ - सेयर बजार ओरालो लागेको छ । साताको चौथो दिन सेयर बजार ९.५४ ले घटेर २०१७.९७मा रोकिएको छ । ३१५ कम्पनीको ८४ लाख ९० हजार ७२२ सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैयाँ १७ पैसाको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ । मन्डु हाइड्रोपावरको सेयर ६.०३, बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयर ५.६९ र सुपर माइ हाइड्रोपावरको सेयर ४.४० प्रतिशतले बढेको छ ।


यस्तै आज सबैभन्दा बढी सेयर घट्नेमा गुराँस लघुवित्त वित्तीय संस्था रहेको छ । गुराँसको सेयर १० प्रतिशतले घटेको छ । यस्तै ओरियन्टल हाउस लिमिटेडको सेयर ५.५८, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर ४.०३, सानीमा मिडल तमोर हाइड्रोपावरको लिमिटेडको सेयर ३.९१ र गरिमा डिभेन्चर २०८५ को सेयर ३.८५ प्रतिशतले घटेको छ । 


Author

थप समाचार
x