सेयर

साढे ४५ अंकले बढ्यो नेप्से

इकागज |
जेठ ६, २०८१ आइतबार १६:४६ बजे

काठमाडौँ- साप्ताहिक कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ४५.६९ अंकले बढेर २ हजार ६४ अंकभन्दामाथि पुगेको छ । 

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । जसअनुसार आइतबार करिब ५ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो ।


नेप्सेको सर्भरमा समस्या आएका कारण आजको कारोबारको पूर्ण विवरण हेर्न समस्या भएको छ ।
 


Author

थप समाचार
x