सेयर

२२ अंकले घट्यो सेयर बजार

इकागज |
जेठ १३, २०८१ आइतबार १५:३५ बजे

फाइल फोटो

काठमाडौं - सेयर बजार घटेको छ । बजार २२.१४ अंकले घटेर २१०९.३४ बिन्दुमा रोकिएको छ । 

३१५ कम्पनीको १ करोड १० लाख ४४ हजार ४८५ कित्ता सेयर ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४७१ रुपैयाँको सेयर कारोबार भएको छ ।


कारोबारमा २९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१५ कम्पनीको घटेको छ । यो दिन होटल तथा पर्यटन बाहेक सबै समूहको उपसूचक राताम्मे भएका छन् ।

कारोबारमा कालिन्चोक दर्शनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिटी होटल, बुद्धभूमि नेपाल हाईड्रोपावर, बाराही हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाउँदा इन्फिटीनी लघुवित्त, वन नेपाल लघुवित्त, भगवती हाईड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा आइएमई लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीले १५ करोड ६६ लाख १३ हजार ८३३ रुपैयाँको सेयर कारोबार भएको छ । 


Author

थप समाचार
x