सेयर

‘पूँजी बजार कसरी अगाडि बढ्छ सरकारले चाल्ने कदममा भर पर्छ’ (भिडियो अन्तर्वार्ता)

शुरज थपलिया |
जेठ १९, २०८१ शनिबार ११:२५ बजे

चार्टड एकाउण्ट आशिष रानाभाट मियो सेक्युरिटिज (ब्रोकर नम्बर ६६) का नायव प्रमुख कार्यकारी अधिकृत हुन् । रानाभाट सरकारले ल्याएको २०८१/८२को बजेटमा पूँजीगत खर्च  निकै कम भएको बताउँछन् ।

कुल बजेटको ६० प्रतिशत बजेट तलब भत्तामा खर्च गरिने भएकाले बजेट देशको अप्रेशनका लागि मात्रै ल्याइएको उनको धारणा छ । 'देश विकास र समृद्धिका लागि छुट्याएको बजेट निकै कम छ', उनले भने ।  


२० प्रतिशत बजेट सबै खर्च भएमा अहिले देशले भोगिरहेको आर्थिक संकटबाट अगाडि बढ्न सकिने उनी बताउँछन् । देशले खर्च गर्न सक्ने क्षमता पनि बढाउँदै लानुपर्ने उनले बताए । 

बजेटले राखेका पाँच उद्देश्यमध्ये निजी क्षेत्रलाई सँगै लिएर जाने भन्ने उद्देश्यलाई सकारात्मक रुपमा लिनुपर्ने उनको धारणा छ । निजी क्षेत्रको मागहरु कति सम्बोधन भए भएनन् अलग पाटो रहेको बताउँदै सरकार काम गर्न इच्छुक रहेको भाषा बजेटबाट आउनु राम्रो पक्ष भएको उनले बताए ।

बजेट भाषणका दौरानमा धेरै पटक निजी क्षेत्रको नाम लिएकाले निजी क्षेत्रको मनोबल बढेको रानाभाटको भनाइ छ । ‘आर्थिक गतिविधि कसरी अगाडि बढ्छ भन्ने कुराले सरकारले बोलेका कुरा प्रष्ट हुन्छ’, उनले भने ।  

पूँजी बजारबारे बजेटमा नीतिगत सुधारको कुरामात्रै उल्लेख रहेको उनले बताए । ‘सेवनको नियमनकारी भूमिकाको अभिवृद्धि, संरचनागत सुधार गर्ने लगायत नीतिगत कुराहरूमात्रै छ’, उने भने । 

उनै रानाभाटसँग बजेट आएपछि पूँजी बजारको अवस्था कस्तो हुन्छ ? अहिलेको तरल आर्थिक अवस्थामा देश कसरी अगाडि बढ्छ ? भनेर इकागजकर्मी शुरज थपलियाले गरेको कुराकानीको अंश ।

हेर्नुहोस् भिडियो: 


 


Author

थप समाचार
x