सेयर

सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्कासन गर्दै

इकागज |
असार ३१, २०८१ सोमबार १७:३१ बजे

नुवाकोट- सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ४ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने घोषणा गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पुँजी संरचनामा सुधार गर्न लघुवित्तले एफपीओ ल्याउन लागेको हो ।

यस एफपीओमा कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ४६,७२९.५४५० कित्ता शेयर निष्कासन गर्नेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि साउन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि पर्याप्त आवेदन नपरेमा यो म्याद साउन १८ गतेसम्म लम्बिन सक्नेछ ।


क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले लघुवित्तलाई 'केयर एनपी डबल बी' रेटिङ्ग प्रदान गरेको छ, जसले मध्यम जोखिमको संकेत गर्दछ । एफपीओ निष्कासनको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

लघुवित्तको हालको चुक्ता पुँजी ९१ करोड ७ लाख ८२ हजार ५०८ रुपैयाँ ५० पैसा रहेको छ भने एफपीओ निष्कासनपछि यो ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ पुग्नेछ ।


Author

थप समाचार
x