सेयर

नेप्सेमा ५४ अंकको उच्च वृद्धि, १२ अर्बको कारोबार

इकागज |
साउन २, २०८१ बुधबार १५:१९ बजे

काठमाडौँ- नेप्सेमा उच्च वृद्धि भएको छ । बुधबार नेप्से ५४.०४ अंकले बढेर २३६४.६३ अङ्कमा पुगेको हो ।

आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर एक लाख ४९ हजार ६८१ पटक खरिदबिक्री हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ बराबरको कारोबार भएको छ ।


आज सेन्ट्रल फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सिंगटी हाइड्रोको ९.९७, अन्खु खोला हाइड्रोको ९.९५ प्रतिशतले बढेको छ । त्यस्तै आज सिटिजन म्युचुअल फन्ड २ को शेयर मूल्य सबैभन्दा बढी ९.९० प्रतिशतले घटेको छ । 

आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै सिंगटी हाइड्रोको २३ करोड ३५ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रा एण्ड डेभलपमेन्ट बैंकको २२ करोड ७१ लाखको कारोबार भएको छ । 


Author

थप समाचार
x