Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

सेयर

नेप्से ३२ अंकले बढ्यो

इकागज |
साउन १०, २०८१ बिहीबार १६:५१ बजे

काठमाडौँ- नेप्से परिसूचक ३२ अंकले बढेको छ । बिहीबार नेप्से ३२ अंकले बढेर २५६८.११ को विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार बिहीबार १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँको कारोबार भएको छ ।


आज ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर एक लाख ५९ हजार ७५७ पटक खरिदबिक्री हुँदा १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ बराबरको कारोबार भएको छ ।

आज उपकार लघु वित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जीवन लघुवित्त र एशियन हाइड्रोको शेयर मूल्यमा ९.९९ प्रतिशतले बढेको छ । 

त्यस्तै आज सबैभन्दा बढी मितेरी विकास बैंकको शेयर मूल्य सबैभन्दा बढी ७.६५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा जीआइसी इन्सुरेन्सको ३४ करोड १७ लाख ७९ हजार ९७२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सिटिजन सुपर ३० म्युचुअल फण्डको ११ लाख ४६ हजार ७५० कित्ता शेयर किनबेच भएको छ ।


Author

थप समाचार
x