सेयर

नेप्सेमा ६४ अंकको वृद्धि

इकागज |
साउन १६, २०८१ बुधबार १६:१ बजे

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६४ अंकले बढेको छ । आज नेप्से ६४.२५ अंकले घटेर २७६०. ९० अंकमा पुगेको छ  ।

आज ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर २ लाख ३८ हजार २७२ पटक खरिद बिक्री हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ बराबरको कारोबार भएको छ ।


आज युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खा फाइनान्ससहित ८ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लागेको छ भने सिभिल बैंक डिभेन्चर २०८८ को सबैभन्दा बढी ७.९२ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ८४ करोड ४९ लाख ९४ हजार ३१७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने अपि पावरको १४ लाख ७७ हजार २२९ कित्ता शेयर किनबेच भएको छ ।


Author

थप समाचार
x