सेयर

नेप्सेमा गिरावट, २३ अर्ब ३१ करोडको कारोबार

इकागज |
साउन २२, २०८१ मंगलबार १६:४ बजे

काठमाडौँ - नेप्से परिसूचकमा १४५ अंकको ठुलो गिरावट आएको छ । मंगलबार नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ को बिन्दुमा कायम भएको हो ।

आज ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७  कित्ता सेयर२ लाख ७१ हजार ५८७ पटक खरिदबिक्री हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ बराबरको कारोबार भएको छ ।


आज थ्री स्टार हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेडसहित सात कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 

कारोबार रकम र कारोबार भएका सेयरसङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको एक अर्ब ३९ करोड ७८ लाख ८० हजार ३८३ बराबरको १६ लाख १६ हजार ४३१ कित्ता सेयरकिनबेच भएको छ ।


Author

थप समाचार
x