Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सेयर

सेयरबजारमा प्रारम्भिक कारोबार मूल्य परिवर्तन सीमा २ प्रतिशत, न्यूनतम मूल्य १० पैसामात्र परिवर्तन हुने

इकागज |
असार १०, २०७८ बिहीबार १४:२० बजे

काठमाडौँ : पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली संशोधन गरी दोस्रो बजारको प्रारम्भिक कारोबार सत्रमा मूल्य सीमा परिवर्तन विद्यमान पाँच प्रतिशतबाट घटाएर दुई प्रतिशतमा झारेको छ । 

त्यस्तै हाल कायम रहेको न्यूनतम मूल्य परिवर्तन सीमा पनि एक रुपैयाँबाट घटाएर १० पैसामा झारेको छ । यो व्यवस्थाले दोस्रो बजारलाई स्थायित्व दिने धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी बताउँछन् । 


‘प्रारम्भिक सत्रमा कारोबार भएको धितोपत्रको मूल्यमा भइरहेको अस्वभाविक उतारचढावलाई व्यवस्थित गर्न आवश्यक देखिएकोले उक्त सत्रमा हुने कारोबार मूल्य परिवर्तन सीमालाई घटाइएको’ धितोपत्र बोर्डले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय असल अभ्यासलाई समेत अनुसरण गरी नयाँ व्यवस्था गरिएको धितोपत्र बोर्डले दाबी गरेको छ । 

नयाँ कारोबार मूल्य सीमा अनुसार लगानीतकर्ताले प्रतिस्पर्धी मूल्य प्राप्त गर्ने र दोस्रो बजारको कारोबार लगानीकतौ मैत्री हुने बोर्डले उल्लेख गरेको छ । 
 


Author

थप समाचार
x