सेयर

सेयर कारोबारमा कीर्तिमान, झण्डै ३० अर्बको कारोबार

इकागज |
साउन ३१, २०८१ बिहीबार १५:४५ बजे

काठमाडौँ - धितोपत्र बजारमा आज अर्को कीर्तिमान कायम भएको छ । कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज झण्डै ३० अर्ब बराबरको कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव शून्य पाँच अंकले उकालो लागेर तीन हजार दशमलव   ८१ मा पुगेको छ । 


ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव  शून्य  एक अंकले उकालो लागेर पाँच सय ३५ दशमलव   ५१ मा पुगेको छ । कूल ६ करोड ८९ लाख ८० हजार तीन सय ४६ कित्ता सेयर २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार दुई सय १६ मूल्यमा कारोबार भयो । 

नेप्सेका अनुसार, बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक नौ  दशमलव  ६४ र एनएमबी बैंकका लगानीकर्ताले नौ दशमलव  ४२ प्रतिशतले कमाएका छन् । 

यस्तै, नेपाल फाइनान्स १०, विन्दबासिनी हाइड्रोपावर सात दशमलव   २२, सुभम पावर सात दशमलव   १०, मिड सोलु हाइड्रोपावर ६ दशमलव   २८ र अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव   ६८ प्रतिशतले गुमाएका छन् । 

नेप्सेका अनुसार, बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत लगानी, सामूहिक लगानी कोष निर्जीवन बीमा र व्यापार उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ । 
 


Author

थप समाचार
x