सेयर

नेप्सेमा ३४ अंकको गिरावट

इकागज |
भदौ २, २०८१ आइतबार १५:३५ बजे

फाइल फोटो

काठमाडौँ - आइतबार नेप्से ३४.४७ अंक घटेर २९६६.३३ विन्दुमा बन्द भएको छ ।

आज ३३० कम्पनीको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता शेयर ३ लाख ९१८  पटक खरिद बिक्री हुँदा २८ अर्ब ८३ करोड ६९ लाख ९७  हजार ३७६ बराबरको कारोबार भएको छ।


आज सेन्सेटिभ इण्डेक्स ६.६५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंकले  घटेको छ । आइतबार ४७ स्टकको मूल्य बढेको छ भने १९७  स्टकको मूल्य घटेको छ ।

आज कारोबारको आधारमा सबै भन्दा बढी हिमालय रिइन्सुरेन्सको ८२ करोड १४ लाख ८१ हजार १३५ कारोबार भएको छ । 
  


Author

थप समाचार
x