सेयर

६ अंकले नेप्से बढ्दा १३ अर्ब ५७ करोडको कारोबार

इकागज |
भदौ १८, २०८१ मंगलबार १५:३८ बजे

काठमाडौँ- साताको तेस्रो दिन आज सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकले सुधार आएको छ। अघिल्लो दिन १२७ अंक बढेको नेप्से परिसूचक आज ६.९४ अंक बढेर २८३० अंकमा कायम भएको हो ।

आज ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता सेयर किनबेच भए ।  अघिल्लो दिन १३ अर्ब १० करोडको कारोबार भएकोमा आज १३ अर्ब ५७ करोड ७१ लाखको कारोबार भएको छ ।


कुल १०६ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने ५ को स्थिर रह्यो ।

१२ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।


Author

थप समाचार
x