नेप्सेमा ९० अंकको गिरावट, १२ अर्बको कारोबार
फाइल फाेटाे
काठमाडौँ - नेप्सेमा ९०.७३ अंकको गिरावट आएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव २० प्रतिशत अर्थात् ९०.७३ अंकले घटेर २७३९.४६ अंकमा झरेको छ ।
बुधबार ३२० वटा कम्पनीको कारोबार हुँदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ बराबरको कारोबार भएको छ ।
आज एक्सेल डेभलपमेन्ट बैंकसहितचार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुमारी इक्विटी फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबै भन्दा बढी कारोबार नेपाल फाइनान्सको भएको छ । आज नेपाल फाइनान्सको ३० करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज अपि पावरको ७ लाख १९ हजार ३२९ कित्ता शेयर किनबेच भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया