सेयर

नेप्सेमा ५५ अंकको गिरावट, ९ अर्बको कारोबार

इकागज |
भदौ २४, २०८१ सोमबार १५:३२ बजे

फाइल फाेटाे

काठमाडौँ - नेप्सेमा आज ५५ अंकको गिरावट आएको छ । सोमबार नेप्सेमा ५५.८६ अंकको गिरावट आउँदा ओरालो २६४६. ०३ विन्दुमा रोकिएको छ ।

आज ३२७ कम्पनीको कारोबार हुँदा दुई करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४२५ को खरिद बिक्री भएको छ ।


नेप्सेका अनुसार आज हाथवे इन्भेस्टमेन्टको शेयर मूल्यमा सबैभन्दा बढी ८.९८ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, आज उन्नति लघुवित्तले सबैभन्दा बढी ७.७८ प्रतिशतले गुमाएको छ ।

आज सबैभन्दा बढी सिइडीबी हाइड्रोको ३७ करोड ५७ हजारको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी हाइड्रोको सबै भन्दा बढी १३ लाख ८२ हजार ९०६ कित्ता शेयर कारोबार भएको छ ।   


Author

थप समाचार
x