सेयर

नेप्सेमा ५० अंकको गिरावट, १० अर्बको कारोबार

इकागज |
भदौ ३०, २०८१ आइतबार १५:२८ बजे

फाइल फाेटाे

काठमाडौँ - नेप्सेमा आज ५० अंकको गिरावट आएको छ । आइतबार नेप्सेमा ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा रोकिएको छ ।

आज ३२४ कम्पनीको कारोबार हुँदा २ करोड ४८ लाख ४६ हजार ७८२  कित्ता सेयर १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ को खरिद बिक्री भएको छ ।


नेप्सेका अनुसार आज रिभर फल्स पावर, हिमालयन हाइड्रो र रावा इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज थ्री स्टार हाइड्रोको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा बढी सिइबिडि हाइड्रोको सबै भन्दा बढी ६४ करोड ३८ लाख ६६ हजार ७८० बराबरको शेयर कारोबार भएको छ ।  त्यस्तै सिंगाटी हाइड्रोको सबैभन्दा बढी ९ लाख ३४ हजार ५७८ कित्ता शेयर कारोबार भएको छ  ।


Author

थप समाचार
x