सेयर

नेप्सेमा ५७ अंकको गिरावट, ७ अर्बको कारोबार

इकागज |
भदौ ३१, २०८१ सोमबार १५:१४ बजे

सांकेतिक फोटो

काठमाडौँ -  नेप्सेमा आज ५७ अंकको गिरावट आएको छ । सोमबार नेप्सेमा ५७.०३ अंकले घटेर २५८०. ७६ विन्दुमा रोकिएको छ ।

आज ३१२ कम्पनीको कारोबार हुँदा एक करोड ७० लाख ६१ हजार ८०७  कित्ता शेयर ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३८३ को खरिद बिक्री भएको छ ।


नेप्सेका अनुसार आज आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज गुडविल फाइनान्सको शेयर मूल्य सबैभन्दा बढी ९.९१ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी सिइबिडी हाइड्रोको सबै भन्दा बढी ३१ करोड ११ लाख ४९ हजार ७३६ बराबरको शेयर कारोबार भएको छ ।  त्यस्तै आज लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयरको सबैभन्दा बढी ५ लाख ७७ हजार ३८९ कित्ता शेयर कारोबार भएको छ  ।


Author

थप समाचार
x